 
	    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणका क्रममा गरिएको गल्तीका कारण अहिले मुलुक अफ्ठ्यारोमा परेको बताउनुभएको छ ।
सोमबार नेपाली कांग्रेसका नेता स्वर्गिय प्रदिप गिरीको प्रथम स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषयक संवाद कार्यक्रममा बोल्दै उहाँले मुलुक अफ्ठ्यारो स्थितिमा परेको बताउनुभएको हो ।
उहाँले संविधान निर्माणका क्रममा गल्ती गरेका कारण अहिले मुलुकमा अफ्ठ्यारो स्थिति आएको उहाँको भनाइ छ । वर्तमान संविधानले अन्तरिम संविधानले जनतालाई दिएको अधिकारलाई समेत सम्बोधन गर्न नसकेको उहाँले बताउनुभयो । उहाँले संविधानले भविष्यलाई नदेखेको पनि बताउनुभयो ।
अध्यक्ष यादवले सोही कारण आफू र स्वर्गिय गिरी लगायतले संविधानमा हस्ताक्षर नगरेको उल्लेख गर्नुभयो । अध्यक्ष यादवले मुलुक दिशाहीनताको अवस्थामा गएको बताउनुभयो । उहाँले अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, कृषि र उद्योग धरासायी हुँदै गएको भन्दै मुलुकलाई ट्रयाकमा ल्याउन चिन्तनको आवश्यकता रहेको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्