Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


मेक्सिकोमा विध्वंस मच्चाएको हिलरी आँधी क्यालिफोर्नियामा


78
Shares

एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियामा हिलारी नामको उष्ण समुद्री आँधीले तवाह मच्चाउने संभावना बढेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मेक्सिको हुँदै क्यालिफोर्निया प्रवेश गरेको आँधीले राज्यमा ब्यापक क्षति पुर्‍याउने चेतावनी मौसमविद् तथा आँधी विशेषज्ञहरुले दिएका छन् । प्रशान्त महासागरमा आँधी अगाडि बढ्दै गर्दा क्यालिफोर्नियामा तीब्र गतिको हुरीबतास चलेको छ ।

प्रति घण्टा ७० किलोमिटरको गतिमा आईरहेको हिलारी आँधीलाई ८४ वर्षपछि आएको उष्ण आँधी भनिएको छ । क्यालिफोनि सरकारले दशकौंपछि निकै भयावह आँधीको चपेटामा पर्न लागेको भन्दै सतर्कता अपनाउन भनेको छ ।

आँधीको प्रभाव अर्को राज्य नेवेदामा पनि पर्ने अनुमान गरिएको छ । सन् १९३९ मा आएको यस्तै आँधीले क्यालिफोर्नियामा ब्यापक बाढी र पहिरो निम्त्याएको थियो । उता, मेक्सिकोमा यही आँधीले ब्यापक क्षति पुर्‍याईसकेको छ । तीब्र हावासहित भारी वर्षा भएका कारण बाढी र पहिरोले मेक्सिकोलाई अस्तब्यस्त बनाएको छ ।

आँधीले प्रभावितहरुको उद्धार तथा पुनस्थापनाका लागि मेक्सिकोमा १८ हजार सैनिकलाई परिचालन गरिएको समाचारमा उल्लेख छ ।