Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा, बिमल र नवयुगले गरे गोल


0
Shares

काठमाडौं, भदौ २३ । आयोजक बंगलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ ।

शनिबार बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा ३३औं मिनेटमा बिमल घतीैमगरको गोलबाट नेपालले अग्रता लिएको थियो ।

करिब ३३ यार्ड टाढाबाट पाएको ‘फ्रिकिक’ अवसरलाई बिमलले सानदार गोलमा परिणत गरे ।

सुनिल बललाई बंगलादेशका डिफेन्डर वाले फैजलले फाउल गरेपछि नेपालले झन्डै ३३ यार्डबाट फ्रिकिकको अवसर पाएको थियो ।

पहिलो हाफमा १–० गोलले अग्रता लिएको नेपालका लागि ८९औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आग्रता दोब्बर बनाएका थिए ।

जितसँगै नेपाल ६ अंक जोड्दै समूह विजेताकारुपमा सेमिफाइनल प्रवेश गर्‍यो । समान अंक भएपनि पाकिस्तान गोलअन्तरका आधारमा उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गर्‍यो ।

बंगलादेश र भुटान प्रतियोगिताको समूह चरणबाटै बाहिरिए ।

नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएपनि दोस्रो खेलमा भुटानविरुद्ध ४–० र आयोजक बंगलादेशलाई २–० ले पराजित गर्न सफल भयो ।

सेमिफाइलनको खेल आगामी मंगबारदेखि हुनेछ । साफको १२औं संस्करणसम्म आइपुग्दा नेपाल पाँचौंपटक सेमिफाइनल पुगेको हो ।

साफमा बिमलको कीर्तिमान

साफ फुटबलमा नेपालका स्ट्राइकर बिमल घर्तीमगरले कीर्तिमान बनाएका छन् ।

प्रतियोगितामा नेपालका तर्फबाट ४ गोल गर्ने खेलाडीको सूचीमा बिमलले रेकर्ड बनाए ।

बिमलले सन् २०१३ को साफमा पाकिस्तानविरुद्ध पहिलो गोल गरेका थिए । उनले सन् २०१५ मा भारतविरुद्ध गोल गर्दै संख्या दुई पुर्‍याए । बंगलादेशमा जारी साफमा दुई गोल गर्दै उनले कीर्तिमान कायम गरे ।

पहिलो खेलमा पाकिस्तानविरुद्ध पनि बिमलले गोल गरेका थिए । योसँगै साफमा उनको गोल संख्या ४ पुगेको छ ।

साफमा चार गोल गर्ने खेलाडीमा हरि खड्का, अनिल गुरुङ र जुमानु राईको नाम छ । रासस