
काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सरकारले पशुमा लाग्ने रोगहरुको अनुसन्धान गर्न जरुरी रहेको बताउनुभएको छ ।
बिहीबार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद राणाले अहिले पशुहरुमा विभिन्न रोगहरु लागिरहेको भन्दै पशुमा लाग्ने रोगहरुको अनुसन्धान गर्न जरुरी रहेको बताउनुभएको हो । उहाँले उपयुक्त पशु ल्याव स्थापना गर्न सरकारलाई सुझाव दिनुभयो ।
सांसद राणाले नेपाललाई कृषि प्रधान देश भनिएपनि उपयुक्त पशु ल्याव नहुनु दुःखद् पक्ष रहेको बताउनुभयो । सांसद राणाले यो रोग मान्छेमा पनि सर्छ की क्या हो ? भन्दै प्रश्न गर्नुभयो ।
बैठकमा नेकपा एमालेका सांसद अमृतलाल राजवंशीले लम्पी स्किनलाई जरैदेखि निर्मुल गर्न सरकारले योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले सरकारले लम्पी स्किन बिरुद्धको खोप ल्याउन सरकारले ठोस योजना याउनुपर्ने बताउनुभयो ।
सांसद्हरुले पशु बीमा कार्यक्रम प्रभावकारी नहुँदा किसानहरु मर्कामा परेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्