 
	    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपाल-भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरी रहेको बताउनुभएको छ ।
बुधबार नेपाल-भारतमैत्री समाजको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष यादवले नेपाल र भारतमा उपलब्ध श्रोत, साधन, ज्ञान, विज्ञान र प्रविधिलाई प्रयोग गरेर विकास निर्माणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले दुवै मुलुकमा रहेको गरिबी, बेरोजगारी, अशिक्षालाई दुवै देश एक आपसमा मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष यादवले विकास, उद्योग, व्यापार वा कारोबारको साझेदारीको रुपमा अघि बढ्नसके मात्रै दुवै देशले सोचेको विकास निर्माण हुनसक्ने बताउनुभयो । उहाँले भएका मनमुटावलाई सँगै बसेर छलफलका माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष यादवले एक अर्का देशबीच एकअर्काको हीतलाई समेटर अघि बढ्न जरुरी रहेको बताउनुभयो । नेपालका नागरिकहरु भारत गएपछि फर्किंदा र भारतका नागरिक नेपालबाट फर्किंदा समस्या झेल्नु परेको भन्दै त्यसलाई समाधान गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्