 
	    कैलाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनकाण्ड बारे उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म एमालेको विरोध रहिरहने बताउनु भएको छ ।
एमाले कैलालीद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार आफै सुन प्रकरणमा संलग्न भएको पुष्टी हुन लागेकाले उच्चस्तरीय छानबिन आवश्यक रहेको बताउनुभयो ।
महासचिव पोखरेलले सरकारको नेतृत्वकर्ता माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरु समेत सुन प्रकरणमा फस्ने देखिएपछि सरकार छानबिन समिति बनाउन अनिच्छुक रहेको दावी गर्नुभयो ।
महासचिव पोखरेलले सरकारमा रहेका र तिनका नेताहरुलाई जोगाउन सरकारले अनेक प्रपञ्च रचिरहेको बताउनुभयो । उच्चस्तरीय छानबिनको आवाज उठाउँदा विभिन्न आरोप लगाउँदै एमालेलाई कमजोर पारेर सरकार सुन काण्डबाट जोगिन खोजिरहेको उहाँको दावी छ ।
सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म एमालेको संसद अवरोधसंगै सघंर्षका कार्यक्रम जारी रहने महासचिव पोखरेलले बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्