Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


सरकारको अनुचित अडानका कारण संसद बैठक चल्न सकेन : महेश बर्ताैला


117
Shares

काठमाडौं । सरकारको अनुचित अडानका कारण संसद बैठक चल्न नसकेको प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएको छ ।

एमालेका सचेतक महेश बर्ताैलाले आफ्नो पार्टीले संसदमा उठाएको मागलाई सम्बोधन नगरी सरकारले जबरजस्ती अनुचित अडान लिएका कारण संसद बैठक चल्न नसकेको बताउनुभएको हो ।

सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सुन तस्करीको जालोलाई अन्त्य गर्ने गरी आफ्नो पार्टी उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दा सरकारले बेवास्ता गरेका कारण संसद बैठक चल्न नसकेको पनि दोहोर्‍याउनुभयो । उहाँले एमाले संसदमा कुनै पनि गतिरोध उत्पन्न नहोस् भन्ने मान्यतामा दृढ रहेको बताउनुभयो ।

सचेतक बर्ताैलाले एमालेले सदन सुचारु गराउन सभामुख देवराज घिमिरेको पनि ध्यानाकर्षण गराइरहेको बताउनुभयो ।