Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


पृथ्वीनारायण शाहको शालिक पुनः स्थापनाको माग गर्दै माईतीघरमा प्रदर्शन


1.3k
Shares

काठमाडौं । पोखराको पुथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना गर्न माग गर्दै बिरोध प्रदर्शन गरिएको छ ।

सोमबार नागरिकको तर्फबाट माईतीघर मण्डलामा भेला भइ पोखरास्थित पृथ्वी चोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पुनःस्थापनाका लागि दबाब दिइएको हो ।

पोखरा महानगरपालिकाले पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको शालिक हटाएको थियो । बुधवार एक समूहले सडकमा फालेको पृथ्वीनारायण शाहको प्रतिमा बिहीवार राप्रपाका युवालगायतले पुनःस्थापना गरेका थिए । पुनः शुक्रबार महानगरले हटाएको शालिक हटाएपछि पोखरा लगायतका स्थानमा नागरिकहरुले शालिक पुनः स्थापनाको माग गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको बिरोध गरेका छ्न् ।

प्रदर्शनकारीहरुले शालिक चोर देश छोड, इतिहास मेट्न पाइँदैन, सर्वपक्षीय निर्णयको नाटक मञ्चन गर्न पाइँदैन, राष्ट्रिय एकतामा खलल पुर्‍याउने काम बन्द गर, शहीद लखन थापाको शालिक ससम्मान स्थानान्तरण गर लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।