२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


इङ्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सी बराबरीमा


247
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र चेल्सीबीचको खेलमा दुबै टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा आइतबार राती भएको खेलमा लिभरपुलका लुइस डियाजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ३७ औं मिनेटमा एक्सेल डिसासीले गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका ।

पहिलो खेलमा अंक बाँडेका चेल्सी र लिभरपुल समान एक अंकसहित क्रमशः तालिकाको १०औं र ११औं स्थानमा छन् ।