२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


मछिन्द्र फुटबल क्लब भारत प्रस्थान


1.391k
Shares

काठमाडौं । एएफसी कप छनोटको दोस्रो चरण खेल्न मछिन्द्र फुटबल क्लब भारत प्रस्थान गरेको छ ।

मछिन्द्र आइतबार भारततर्फ प्रस्थान गरेको हो ।

मछिन्द्रले एएफसी कप छनोटको दोस्रो चरणमा इन्डियन सुपर लिग क्लब मोहन बगान सुपर जायन्टको सामना गर्नेछ ।

मोहन बगान र मछिन्द्रबीचको खेल साउन ३१ गते कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ ।

मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो चरणमा भुटानको पारो एफसीलाई ३–२ ले पराजित गरेको थियो ।