२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै


52
Shares

काठमाडौं । शनिबार विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले वर्षेनी विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरेपनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको जानकारहरु बताउँछन् ।

युवा लक्षित गरी ल्याइएका विभिन्न कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको उनीहरुको गुनासो छ । सरकारले युवा विकास तथा परिचालनका लागि २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय गठन गरेको थियो ।

यस्तै,पहिलो पटक युवाको नेतृत्व तथा क्षमता विकास,उद्यमशीलताको विकास र स्वरोजगार,युवाको पहुँच र सहभागिताको सुनिश्चिततासँगै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यसहित २०७२ साल फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरिएको थियो ।

युवालाई स्वरोजगार बनाउनका लागि ‘युवा स्वरोजगार कोष’ पनि स्थापना गरिएको छ । साथै,राष्ट्रिय युवा नीति २०७२ र यूथ भिजन २०२५ ले पनि युवा विकासका व्यापक विषयलाई नीतिगत रूपमा समावेश गरेको छ ।

यस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि युवाका संरचना तयार गरिएका छन् । तर, युवाको विकासका लागि लक्षित गरी बनेका ऐन र नीति कार्यान्वयन हुन सकेका छैनन् ।