१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


बेगनास तालमा डुंगा पल्टँदा दुईजनाको मृत्यु, ६ बेपत्ता


0
Shares

प्रदीप पौडेल (इमेज)

अपडेट:

पोखरा, भदौ २३ । पोखराको बेगनास तालमा दुईओटा डुंगा पल्टँदा दुईजनाको मृत्यु भएको छ । अरु ६ जना बेपत्ता बेपत्ता छन् ।

उद्धार गरिएका पाँचमध्ये कृष्णकुमारी बजगाइँ र जमुना कँडेलको उपचारकाक्रममा मृत्यु भएको हो । 

तालमा डुबेर बेपत्ता हुनेहरुमा शंकर खनाल, शिव खनाल, रबिन खनाल, रन्जित गैरे, मनीषा कँडेल र प्राचीन पौडेल रहेका छन् । उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओमराज लामाले जानकारी दिए ।

पोखरा महानगरपालिका–३१ स्थित कमलराज कँडेलको घरमा तीजको दर खान हिँडेका चेलीबेटी सवार डुंगा शनिबार दिउँसो पल्टिएको हो ।

डुंगा दुर्घटनामा कमलराज, सपना खनाल र निशा पौडेल घाइते भएका छन् । उनीहरुको लेखनाथ सामुदायिक अस्पताल र गन्डकी अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एउटा डुंगामा ९ र अर्को डुंगामा दुईजना सवार थिए । ९ जना सवार डुंगा पल्टिएपछि त्यसको नजिक जानेक्रममा अर्को डुंगामा सवार पनि तालमा डुबेका हुन् । दुई डुंगामा सवारमध्ये पाँचजना बालबालिका रहेका प्रहरीले जनाएको छ ।

९ जना सवार डुंगा बढी भारका कारण पल्टिएको अनुमान गरिएको छ ।