
अर्घाखाँची । अर्घाखाँचीमा सात हजार दुई सय ३६ पशुमा लम्पी स्किन रोगको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये हालसम्म तीन सय ४१ गाईगोरु लम्पी स्किन रोगबाट मरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीले जनाएको छ ।
यस्तै, रोग नियन्त्रणका लागि विज्ञ केन्द्रको पहलमा ६ हजार ७ सय ९८ पशुलाई उपचार गरिएको कार्यालय प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो ।
रोगको रोकथाम तथा उपचारका लागि प्रदेश सरकारको समन्वयमा केही दिनदेखि दोश्रो चरणमा पशुमा खोप लगाउन सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्