
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राज्यले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट कुनैपनि बेलामा पन्छिन नमिल्ने बताउनुभएको छ ।
बुधवार अन्तर्राष्ट्रिय आदिवासी, जनजाति दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आदिवासी जनजाति आयोगले कार्ययोजनाहरु बनाउनुपर्ने र त्यसको कार्यान्वयनका लागि सरकारले काम गर्ने बताउनु भयो ।
उहाँले वर्तमान सरकार राज्यको भूमिका निर्वाह गर्ने कुनैपनि कुराबाट नपन्छिने बताउनु भयो । मन्त्री गुरुङले आदीवासी जनजातिहसँगै बसेर आदिवासी जनजातिका हकहीतसम्बन्धी कानून निर्माण र कार्यान्वयन गर्ने पक्षमा सरकारले सँगै रहेर काम गर्ने बताउनु भयो ।
मन्त्री गुरुङले देशमा विविध संस्कृति, भाषाले आदिवासीलाई एउटा सुन्दर फूलबारी बनाइदिएको भन्दै यसलाई जोगाएर राख्न सक्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्