काठमाडौं । भालुबाङ–प्यूठान सडकखण्ड अन्तर्गत गर्जेनीमा खसेको पहिरोले अवरुद्ध भएको सडक ५ दिनपछि खुलेको छ ।
गत बुधबार राति खसेको पहिरोले अवरुद्ध बनेको सडक आइतबार साँझ खुलेको हो । पहिरो पन्छाएपछि यातायातका साधनहरु चल्न थालेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
सडक आइतबार साँझ नै खुले पनि जोखिम हुनसक्ने भन्दै सोमबार बिहानबाट मात्रै यातायातका साधनहरु चल्न दिइएको प्रहरीले जनाएको छ ।
गर्जेनीमा खसेको पहिरोका कारण बाटो अवरुद्ध हुँदा भालुवाङ–प्युठान– रोल्पा यात्रा गर्ने यात्रुहरुले पैदल यात्रा तथा वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका थिए ।







प्रतिक्रिया दिनुहोस्