
प्रकाश मैनाली/ईमेज
सर्लाही । सर्लाहीलगायत तराईका जिल्लामा रासायनिक मलको अभाव भएको छ ।
धान, उखुलगायतका बालीमा मल प्रयोग गर्ने बेला भए पनि अधिकांश जिल्लामा रासायनिक मल नपाएपछि उत्पादन घट्ने भन्दै किसान चिन्तित बनेका छन् ।
सर्लाहीमा करिब ४६ हजार हेक्टर जमिनमा धान खेती र २५ हजार हेक्टरमा उखु खेती हुने गरेको छ ।
समयमा मल र सिँचाइ गर्न सके उत्पादन राम्रै हुने थियो । तर मलको अभाव भएपछि किसान चिन्तित छन् ।
कृषि प्राविधिकका अनुसार किसानले धान रोप्ने बेला प्रतीकठ्ठा डिएपी ४ केजि युरिया २.५ केजी र पोटास १.५ केजी राख्नुपर्छ त्यस्तै रोपेको २२–२५ दिनमा युरिया दोस्रो पटक १.५ र पसाउने बेल्लामा १.५ गरी तिन पटक मल हाल्नु र्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ धान जोन सर्लाहीका कृषि प्राविधिक रामकैलाश साह बताउँछन् ।
कृषि प्रविधिकले यस्तो बताइरहँदा कृषि सामग्री कम्पनी केन्दीय कार्यालयबाट समयमा मल उपलब्ध नहुँदा आफुसँग स्टक नभएकाले किसानलाई आवश्यक मल दिन नसकेको कृषि सामग्री कम्पनी शाखा सर्लाहीका प्रमुख बज्रमनी लामाको भनाइ छ ।
उता, रासायनिक मललाई व्यवस्थित पार्न आफूले कृषिमन्त्रीसँग कुरा गरिरहेको र किसानलाई मलको अभाव हुन नदिने र्अथमन्त्री डा युवराज खतिवडाको प्रतिबद्धता छ ।
यो समस्या अहिलेको मात्र नभई बेलाबेलामा देखिने गरेको छ । सर्लाहीलगायत तराइका जिल्लामा किसानहरु छिमेकी मुलुकबाट मल ल्याउन बाध्य छन् ।
तर त्यसरी ल्याउँदा गुणस्तरीय मल नपाइने भएकोले उत्पादन घट्ने किसानको गुनासो छ ।
कृषिप्रधान मुलुक कृषिमै सामान्य कुरामा समस्या देखिएपछि कृषिबाट हाम्रो समृद्धिको सपना पुरा हुने र आर्थिक वृद्धि उच्च बनाउने कुरामा आशंका गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्