३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


तराईका जिल्लामा रासायनिक मलको अभाव


0
Shares

प्रकाश मैनाली/ईमेज

सर्लाही । सर्लाहीलगायत तराईका जिल्लामा रासायनिक मलको अभाव भएको छ ।

धान, उखुलगायतका बालीमा मल प्रयोग गर्ने बेला भए पनि अधिकांश जिल्लामा रासायनिक मल नपाएपछि उत्पादन घट्ने भन्दै किसान चिन्तित बनेका छन् ।

सर्लाहीमा करिब  ४६ हजार हेक्टर जमिनमा धान खेती र २५ हजार हेक्टरमा उखु खेती हुने गरेको छ ।

समयमा मल र सिँचाइ गर्न सके उत्पादन राम्रै हुने थियो । तर मलको अभाव भएपछि किसान चिन्तित छन् ।

कृषि प्राविधिकका अनुसार किसानले धान रोप्ने बेला प्रतीकठ्ठा डिएपी ४ केजि युरिया २.५ केजी र पोटास १.५ केजी राख्नुपर्छ त्यस्तै रोपेको २२–२५ दिनमा युरिया दोस्रो पटक १.५ र पसाउने बेल्लामा १.५ गरी तिन पटक मल हाल्नु र्ने  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ धान जोन सर्लाहीका  कृषि प्राविधिक रामकैलाश साह बताउँछन् ।

कृषि  प्रविधिकले यस्तो बताइरहँदा कृषि सामग्री कम्पनी केन्दीय कार्यालयबाट  समयमा मल उपलब्ध नहुँदा आफुसँग स्टक नभएकाले किसानलाई आवश्यक मल दिन नसकेको कृषि सामग्री कम्पनी शाखा सर्लाहीका प्रमुख बज्रमनी लामाको भनाइ छ ।

उता, रासायनिक मललाई व्यवस्थित पार्न  आफूले कृषिमन्त्रीसँग कुरा गरिरहेको र  किसानलाई मलको अभाव हुन नदिने र्अथमन्त्री डा युवराज खतिवडाको प्रतिबद्धता छ ।

यो समस्या अहिलेको मात्र नभई बेलाबेलामा देखिने गरेको छ । सर्लाहीलगायत तराइका जिल्लामा किसानहरु छिमेकी मुलुकबाट मल ल्याउन बाध्य छन् ।

तर त्यसरी ल्याउँदा गुणस्तरीय मल नपाइने भएकोले उत्पादन घट्ने किसानको गुनासो छ ।

कृषिप्रधान मुलुक कृषिमै सामान्य कुरामा समस्या देखिएपछि कृषिबाट हाम्रो समृद्धिको सपना पुरा हुने र आर्थिक वृद्धि उच्च बनाउने कुरामा आशंका गर्न सकिन्छ ।