काठमाडौं । भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा भारी बर्षासँगै गएको पहिरोमा परी दर्जन नेपाली बेपत्ता भएका छन् ।
पहिरोले उनीहरु बसेको होटल नै बगाउँदा बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेहरुमा जुम्ला पातारासी गाउँपालिकाका धेरै रहेको बताइएको छ । गौरीकुण्डमा रहेका तीन वटा होटल पहिरोले बगाएको थियो ।
हालसम्म ११ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यले जनाएका छन् । उत्तराखण्डमा बर्षा जारी रहेको र रुद्रप्रयागमा पुनः पहिरो गएको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्