पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा तमोर लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
२०७३ सालबाट सुरु गरिएको योजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो ।
आयोजनाको मुख्य पाईपलाइन र वितरण लाइनको काम प्रेरा–स्वामीनारायण जेभीले गर्दै आएको छ ।
निर्माण कम्पनीले २० प्रतिशत मात्रै काम गर्न बाँकी भएको जनाएको छ ।
उपभोक्ता समितिले जनश्रमदान मार्फत् ३६ किलोमिटर पाइपलाइनको कम गर्नुपर्ने हुन्छ ।
सोही जनश्रमदान वापत प्रत्येक घरधुरीबाट ३ हजार रुपैयाँका दरले रकम संकलन गरिँदै आएको छ ।
सेवा क्षेत्रभित्रका ३ हजार ४३ घरधुरीमध्ये ५ सय घरधुरीले १५ लाख रुपैयाँ बुझाई सकेका छन् ।
छोटो समयमै ८० प्रतिशत काम सम्पन्न हुनुमा स्थानीयको ठूलो भूमीका भएको निर्माण कम्पनीका निर्माण व्यवसायी सान्तेश बस्नेतले बताए ।
कम्पनीले कुल ५१ करोड ३० लाख ५६ हजार रुपैयाँको लागतमा आयोजनाको काम गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्