Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


सरकार आफैंले संसद बैठक चल्न दिएन : अध्यक्ष ओली


286
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैंले संसद बैठक चल्न नदिएको आरोप लगाउनुभएको छ ।

पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन सरकारले सभामुखलाई दवाव दिएर संसद बैठक सूचना टाँस गरेर स्थगित गर्न बाध्य बनाएको ओलीको जिकिर थियो ।

तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गृहमन्त्रीलाई मात्रै बोल्न दिने, नभए संसद बैठकलाई संचालन नगर्ने सरकारको हर्कतका कारण संसद बैठक सूचना टाँस गर्दै स्थगित भइरहेको दाबी गर्नुभयो । उहाँले गृहमन्त्रीलाई मात्रै बोल्न दिए हुने सहमती गरेर पनि केपी ओलीले सो सहमती बालुवाटारबाट बाहिरिएपछि लत्याएको भनेर प्रचार गरेको सुन्दा आफूलाई अचम्म लागेको समेत बताउनुभयो ।

अध्यक्ष ओलीले सरकार आफैँ संलग्न भएकाले सो सुन तस्करी प्रकरणमा आफूहरुले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नु परेको पनि पटकपटक दोहो¥याउनु भयो ।

अध्यक्ष ओलीले साँढे नौ किलो सुन बरामद गरेर भन्सार गोदाममा राखिएपनि सो सुन चोरी भएको र नक्कली सुन त्यहाँ राखिएको आफूले सूचना पाएको समेत बताउनुभयो । त्यस अवसरमा उहाँले वर्तमान सरकारले मुलुक चलाउनै नसक्ने बताउनुभएको थियो ।