Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


गैर आवासीय नेपाली संघ क्यानाडाको अध्यक्ष हुन बोर्ड सदस्य हुनैपर्ने प्रावधान खारेज


988
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) क्यानाडाको हालै सम्पन्न १६ औं अधिवेशनले सर्वसम्मत रूपमा संघको अध्यक्ष हुन एक कार्यकाल बोर्डको सदस्य हुनुपर्ने प्रावधानलाई खारेज गरेको छ ।

उक्त प्रावधान खारेजसँगै अबदेखि संघका सम्पूर्ण सदस्य अध्यक्षका लागि उम्मेदवार हुन पाउने भएका छन् । सो प्रावधान खारेजीका लागि अभियान चलाउँदै आउनु भएका ज्योति वैद्यले यो अत्यन्त महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो । वैद्यले भन्नु भयो –“ क्यानाडाको कानूनसंग बाझिने यो प्रावधान खारेज गरियोस् भन्ने हाम्रो माग थियो, पूरा भयो ।”

एक वर्ष कार्यकाल बोर्ड सदस्य भएका ब्यक्तिमात्र अध्यक्ष हुन पाउने भन्ने प्रावधान संस्थाका लागि राम्रो हुन्छ भन्ने तर्क पनि केहीको छ । बैद्यले भने यो तर्क ठीक नभएको बताउनुभयो । उहाँले एनआरएन क्यानाडाको हकमा पहिला यो प्रावधान नहँदा त्यसबखत संस्थाको गरिमा धेरै राम्रो भएको तर, पछि जब यो प्रावधान लागू भयो, त्यपछिका अध्यक्षहरूका पालामा संस्थाको साख निकै गिरेको बताउनुभयो । अब सो प्रावधान खारेजीसँगै संस्थाको गरिमा बढ्ने उहाँको विश्वास छ । यसले क्यानडामा बस्ने नेपालीहरुलाई उत्साहित बनाएको पनि बताउनुभयो ।