२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


कोशीका सभामुख गौतमलाई राजीनामा दिन दबाब दिएको भन्दै एमाले र राप्रपाको विरोध


3.198k
Shares

काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍यउन खोजेको भन्दै एमाले र राप्रपाले विरोध गरेका छन् ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखलाई राजीनामा गराएर सत्तामा जान खोजेर कांग्रेसले अमर्यादित खेल खेलेको आरोप लगाउनुभयो ।

उहाँले कोशी प्रदेशमा देखिएको राजनीतिक संकटबाट बाहिर निस्कन कांग्रेस र एमाले मिल्नुपर्नेमा जोड दिनुभयो । यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पनि कोशी प्रदेश सरकारको स्थिरताका लागि कांग्रेस एमाले मिल्नुको विकल्प नभएको तर्क गर्नुभयो ।

नेता कार्कीलेसत्ता प्राप्तिका लागि गठबन्धन दलले सभामुखको राजीनामा गराए प्रदेश संवैधानिक जटिलतातर्फ जाने दावी गर्नुभयो । उहाँले गठबन्धन दलका शीर्ष नेताहरूसँगको छलफलमा पनि सभामुखलाई राजीनामा गराएर संवैधानिक जटिलता ननिम्त्याउन सुझाव दिइएको जानकारी दिनुभयो ।