Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु होइन : सभापति लामिछाने


1.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीमा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको स्पष्ट पार्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर,वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको उल्लेख गर्दै पार्टीमा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पार्नुभएको हो ।

उहाँले रास्वपा साधारण समयमा बनेको पार्टी भएकाले कसैलाई पोस्न र पाल्न बनेको पार्टी नभएको जिकिर गर्नुभयो । आगामी निर्वाचनमा सही नेतृत्व छान्न सकेको खण्डमा मात्रै देशमा सबैले राम्रो नारा लगाउने उहाँको भनाई छ ।

सभापति लामिछानेले नराम्रो काम गर्ने पार्टीका नेताहरुलाई तत्काल कारबाही गर्ने स्पष्ट पार्नुभयो । उहाँले रास्वपा मिसन २०८४ को अभियानमा रहेको बताउनु भयो ।