
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष राजेशकुमार अग्रवालले अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा जाँदा पर्नसक्ने प्रभाव नियन्त्रण गर्न सरकार, नियामक निकाय र निजी क्षेत्रबीच प्रभावकारी समन्वय तथा सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।
शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपालले सहुलियतपूर्ण कर्जा र अनुदान पाइरहेको उल्लेख गर्दै नेपाल स्तरोन्नति भइसकेपछि पाउँदै आएको अनुदान हट्दै जाने भएकाले त्यसबारेमा सबै निकायले सोच्नुपर्ने बताउनुभयो ।
अध्यक्ष अग्रवालले निर्यातमा आवद्ध उद्योगी व्यवसायीहरुलाई यसबाट पर्न असर र कसरी अघि बढ्ने भन्ने स्पष्ट योजना सरकारले सोच्नुपर्ने बताउनुभयो । उहाँले सरकारले आगामी दिनमा निर्यात प्रोत्साहनका लागि कस्तो नीति लिन खोजेको छ ? भन्ने विषयमा निजी क्षेत्रले थाहा पाउनुपर्ने बताउनुभयो । अध्यक्ष अग्रवालले निर्यात बढाउन उत्पादकत्व बढाउने र उत्पादकत्व लागत घटाउने काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले नेपालले पाएँदै आएको सहुलियत भविष्यमा रोकिनसक्छ भनेर अहिले नै पछि हट्न नहुने बताउनुभयो । उहाँले नेपाल कम विकसित राष्ट्र भएकाले पाउने धेरै सहायता घटेपनि विकाससिल मुलुकमा बढुवा हुँदा खुल्ने नयाँ प्रकारका अवशरलाई बुझ्नुपर्ने बताउनुभयो । उहाँले नयाँ अवशरका लागि सरकारले तयारी गरिरहेको र यसमा निजी क्षेत्रले पनि साथ दिनुपर्ने बताउनुभयो । उहाँले नेपालको आर्थिक विकासका लागि अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा बढुवा भएर जानैपर्ने बताउनुभयो ।
नेपाल एलडिसी ग्रेजुएट भएपछिको अवसर र चुनौतिका बारेमा अध्ययन हुन आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्