 
	    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरुको काम नहुने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा ५८ औं रक्तसञ्चार सेवा दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री बस्नेतले जनसेवा गर्ने संकल्प लिएकाहरु मात्रै समाजसेवामा राम्रो हुने बताउनुभयो । उहाँले नेपाल रेडक्रस सोसाइटी वा रक्तासञ्चार केन्द्रले आफ्नो क्षेत्रबाट गरेको कामहरु महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले देशमा अफ्ठ्यारो परेको बेलामा र रगत चाहिएको बेलामा आवश्यक रगत उपलब्ध गराउनु महत्वपूर्ण हुने बताउनुभयो ।
मन्त्री बस्नेतले देशमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताउनुभयो । उहाँले कामह जति पवित्र हुन्छन् त्यत्ति धेरै गुनासो आउने बताउनुभयो साथै देशमा भएका फार्मेसीहरुको निरीक्षण गर्दा विधिसम्मत रुपमा नचलेका फार्मेसीहरु बढी रहेको पाइएको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्