१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


चराको झुन्ड नै ठोक्किएपछि वायु सेवा निगमको एयरबस ग्राउन्डेड


0
Shares

काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट १ सय ५८ यात्रु बोकेर आएको नेपाल वायु सेवा निगमको एयरबस ३२० (नाइनएन एकेडब्लु) जहाजमा बिहीबार राति अवतरणका क्रममा चरा ठोक्किएपछि ग्राउन्डेड भएको छ ।

नेपाली नाम सगरमाथा दिइएको उक्त न्यारोबडी जहाजको लगत्तै काठमाडौंबाट दुबईको उडान थियो ।

तर, उक्त जहाज राति मर्मत गरी उडाउन नसकिने भएपछि १ सय ४३ जना यात्रुहरुलाई शुक्रबार बिहान १० बजे निगमको अर्को विमानमा दुबई पठाइएको थियो ।

निगमको प्राविधि स्रोतका अनुसार जहाजमा एउटा मात्र नभइ चराहरुको बथान नै ठोक्किएको आशंका छ । तर कुन प्रजातिको चरा हो भन्ने पहिचान खुलाइएको छैन् ।

शुक्रबार विमान प्राविधिकहरुले जहाजको निरीक्षण गर्दा ल्यान्डिङ गियर, इन्जिन (भित्ररबाहिर), फ्ल्याप आदिमा चरा ठोक्किएको निसान देखेका थिए ।

निरिक्षणमा सहभागी सहभागी स्रोतका अनुसार जहाजबाट संकलन गरिएका करकास(चराका अवशेष) विमानस्थलस्थित एरोड्रम सुरक्षा महाशाखालाई बुझाइएको छ । कान्तिपुर दैनिकबाट