२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयले बनायो वार्ता समिति


806
Shares

काठमाडौं । सरकारले आन्दोलनरत लघुवित्त पीडितहरुसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा बिहीबार वार्ता समिति गठन गरेको हो ।

वार्ता समितिमा गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि रहेको अर्थमन्त्रालयले जनाएको छ ।