Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


कर्मयोगी बद्रीविक्रम थापा ‘सेवा पुरस्कार नेपाल’ यस वर्ष आँखा अस्पताललाई प्रदान गरिने


832
Shares

काठमाडौं । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले हरेक वर्ष प्रदान गर्दे आइरहेको ‘सेवा पुरस्कार नेपाल’ यो वर्ष नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई प्रदान गर्ने भएको छ ।

सो पुरस्कार आज बिहिबार बद्रीविक्रम थापाको १०१औं जन्मस्मृति दिवसका अवसर पारेर बितरण गर्न लागिएको हो ।यसैगरी ‘बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार’ नेपालको निजामती सेवामा रहेर लामो अनुभव प्राप्त गर्नुभएका पूर्व सचिव भरत बहादुर थापालाई प्रदान गरिने भएको छ ।

दुबै पुरस्कारको राशी २ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ । गुठीले प्रत्येक वर्ष स्वर्गीय थापाको जन्मस्मृति दिवस पारेर यी लगायतका देशको बिभिन्न क्षेत्रमा रहेर सेवा गरे बापत बिभिन्न व्यक्तित्वहरुलाई अन्य पुरस्कारहरु पनि प्रदान गर्दै आइरहेको संस्थाका कोषाध्यक्ष किरण विक्रम थापाले जानकारी दिनुभयो ।

यही अवसर पारेर गुठीले शताब्दी परुुष सत्यमोहन जोशीको स्मृतिमा सत्यमोहन जोशी स्मृति अंक प्रकाशित गर्न लागेको पनि थापाले जानकारी दिनुभयो । सिन्धुली पुख्र्यौली थलो भएका स्वर्गीय बद्री बिक्रम थापा नेपालको समाज सेवा र प्रशासनिक क्षेत्रमा लामो समयसम्म काम गर्नु भएका असल र कर्मयोगी ब्यक्तित्वको रुपमा चिनिनुहुन्थ्यो । थापाको निधन २०५२ असोजमा भएको थियो ।