
काठमाडौं । अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी फिफा महिला विश्वकप २०२३ मा स्पेन र जापान नकआउट चरण प्रवेश गरेका छन् ।
प्रतियोगिताको समूह सीको खेलमा बुधबार जित निकाल्दै दुवै टिम विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका हुन् ।
प्रि–क्वार्टरफाइनल पुग्ने क्रममा एसियाली देश जापानले आज कोस्टारिया र स्पेनले जिम्बाबेलाई पराजित गरे । समूह चरणको आजको खेलमा स्पेनले जिम्बाबेमाथी ५–० को शानदार जित हासिल गर्यो । स्पेनले खेलको नवौं मिनेटमा टेरेसा अबेलेइराको गोलमा अग्रता बनाएको थियो ।
जेनिफर हर्मोसोले १३ औं मिनेटमा हेड प्रहारमार्फत स्पेनको अग्रतालाई दोब्बर बनाएकी थिईन् । ६९ औं मिनेटमा अल्बा रेडोन्डाले तेस्रो गोल गरिन् । लगत्तै हर्मोसोले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४–० ले अघि बढाईन् । खेल सकिन ५ मिनेट अघि रेडोन्डाले ब्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ५–० को शानदार जित दिलाईन् ।
बुधबारै भएको अर्को खेलमा जापानले कोस्टारिकामाथि २–० को जित निकाल्यो । खेलको २५ औं मिनेटमा हिकारु नामोतोको गोलमा जापानले अग्रता बनाएको थियो । अबा फुजिनोले २७ औं मिनेटमा गोल गर्दै जापानलाई २–० को जित दिलाएकी हुन् ।
समूह चरणको दोस्रो खेलमा जित हात पारेसFगै स्पन र जापानले समान ६ अंक जोडेका छन् । समूह विजेताका लागि दुवै टिमले अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् । बधबारको खेलमा पराजित भएका कोस्टारिका र जाम्बिया प्रतियोगिताबाट बाहिरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्