६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


संसदको ल्यापटप पनि छाडेनन् नेताले


0
Shares

काठमाडौं । राजनीतिक दलका शीर्ष नेताले नै संसद् सचिबालयबाट सुविधामा पाएर लगेका ल्यापटप अझै फिर्ता गरेका छैनन् ।

संविधान सभा भंग भएको १० महिना वितिसक्दा पनि प्रमुख सचेतक र दलका नेताले लगेको ल्यापटप अधिकांशले फिर्ता नगरेको संसदको स्टोर शाखाका प्रमुख विनोदकुमार मालीले बताए ।

‘खबर गरेका छौं, धेरै भनिरहन पनि मिलेन’मालीले भने, ‘उहाँहरु आफैंले जानेर बुझाउनुपर्ने हो ।’ मालीले नियमानुसार सुविधा लिनु स्वभाविक भए पनि प्रयोजन सकिएपछि पनि फिर्ता नगरिनु अब्यवहारिक भएको बताए ।

मालीले ककसले फिर्ता गरे भन्ने खुलाउन चाहेनन् । मालीले सुचना अधिकारीबाट आधिकारिक सूचना लिन भने पनि सूचना अधिकारी केशव अर्यालले आफूले पटक पटक स्टोर शाखाबाट जानकारी माग्दा पनि नपाएको बताए । -नेपाल समाचारपत्र दैनिकबाट