२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


साथीहरुलाई ठाउँ चाहिएको भए म पद छोड्न तयार छु : धनराज गुरुङ


585
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नै पार्टीका नेताहरुले आफ्नो राजीनामा मागेको भन्दै नेताहरुलाई ठाउँ खालि गरिदिए हुन्थ्यो भन्ने लागेको भए आफू मन्त्रीबाट राजीनामा दिन तयार रहेको बताउनु भएकाे छ ।

उहाँले आफ्ना लागि पद आशक्ति ठूलो कुरा नरहेको जिकिर गर्दै संसदमा विचाराधिन रहेको केही नेपाल ऐन संशोधन गर्ने विधेयकप्रति आफू सचेत र जिम्मेवार रहेको बताउनुभएको हाे ।

उहाँले आफूले सरकारले दिएको भारी संसदमा लगेर बिसाएको र संसदमा विधेयकको धारा ६४ मा धेरै संशोधन परेको उल्लेख गर्दै त्यसलाई परिमार्जन गर्दै अघि बढ्न सकिने बताउनुभएको हो ।

सोमवार पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै उपसभापति गुरुङले विधेयकको धारा ६४ मा धेरै सांसदहरुले संशोधनको प्रश्ताव राखेको बताउँदै आफूले चामलको बोरामात्रै खोलेको र बोरा खोल्दा बियाँ र भुस हुने बताउनुभयो । उहाँले आफ्नो चाहना चामल मात्रै होस् भन्ने भएपनि सिधै बोराको चामल पकाएर खान नसकिने र विधेयकको छाँटकाँट गरेर अघि बढ्नुपर्ने तर्क गर्नुभयो ।

उपसभापति गुरुङले निर्वाचनको टिकट दिनेकुरा लाइभ गरेर हिने हो की होइन भन्दै प्रश्न गर्नुभयो । उहाँले पार्टीलाई जनताको कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताउनु भयो । सभापति बदल्ने कुरामा भन्दा आफू बदलिने कुरामा लाग्ने बताउनुभयो ।