८ फाल्गुन २०८०, मंगलबार | Tue Feb 20 2024


खुर्कुटे ओडार पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै


936
Shares

तेह्रथुम । तेह्रथुमको म्याङलुङमा निर्माण गरिएको ऐतिहासिक खुर्कुटे ओढार उद्यानपार्क यतिबेला पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।

स्थानीयको पहल तथा प्रदेश सरकारको सहयोगमा पार्क बनेपछि यहाँ घुमफिर गर्न आउनेको संख्या बढ्न थालेको छ ।

तेह्रथुमको सदरमुकाम म्याङलुङ बजार बाट एक किलोमिटर दुरीमा रहेको खुर्कुटे ओडार पार्कमा घुम्न आउने पर्यटकहरुको दैनिकजसो घुइचो लाग्नथालेको छ । विशेषगरि शनिबार तथा सार्वजनिक बिदाको दिन यहाँ आन्तकि पर्यटकको घुइचो लाग्न थालेको छ ।

यहाँ पर्यटकलाई आकर्षण गर्न चौतारा, हात्ति आहालपोखरी, हात्तिस्तम्भ, हरिण, जरायो लगायत जंगली जवानरको आकृती, मोटु पत्लु जस्ता मनोरन्जनका स्तम्भ राखिएका छन् ।