काठमाडौं, भदौ २२ । भारतमा हुने १९ वर्षमुनि (यु–१९)को एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि शुक्रबार १५ सदस्यीय टोलीको घोषणा भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गर्न लागेको उक्त प्रतियोगिता यही भदौ २७ देखि असोज २ गतेसम्म सन्चालन हुनेछ ।
प्रतियोगितामा आशिफ शेखले कप्तानीको भूमिका निर्वाह गर्नेछन् ।
त्यस्तै, अन्य खेलाडीमा त्रिराज दास, रवि साह, विपीन रावल, लोकेश बम, रित गौतम, पवन सरार्फ, किशोर महतो, रसिद खान, भीम सार्की, कमल सिंह ऐरी, सुन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद साम्सद आलम छनोटमा परेका छन् ।
यस प्रतियोगितामा राष्ट्रिय टोलीका कुनैपनि खेलाडी सहभागी हुने छैनन् ।
प्रतियोगितामा आयोजक भारत, भारतकै नेसनल क्रिकेट एकेडेमी र अफगानिस्तानको यु–१९ टोली सहभागी छन् ।
उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ । रासस








प्रतिक्रिया दिनुहोस्