१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


काठमाडौंको फोहोर विसर्जन सुरु


5.642k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रहरीको सहयोगमा फोहोर विसर्जन गर्न थालेको छ ।

शुक्रबार १ सय ५२ वटा गाडीले बञ्चरेडाँडामा फोहोर विसर्जन गरेको र शनिबार पनि काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापन हुने महानगरपालिकाले जनाएको छ ।

नुवाकोटको सिसडोलका बासिन्दाले फोहोर विसर्जन गर्न अवरोध गरेपछि महानगरपालिकाले प्रहरी सुरक्षामा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहोर पु¥याउन थालेको हो । फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयबासिन्दाले गएको १ गतेदेखि फोहोर फाल्न अवरोध गर्दै आएका थिए ।

फोहोर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने स्थानीयबासिन्दाको माग पूरा गर्ने मौखिक सहमति भईसकेको छ । तर,सहमति कार्यान्वयन नभएको भन्दै ल्याण्डफिल्ड साइट नजिकका स्थानीयबासिन्दा विरोध गरिरहेका छन् ।

फोहोरको ढुवानी सहज नहुँदासम्म घरमै व्यवस्थापन गर्न महानगरपालिकाले अनुरोध गर्दै आएको छ । नियमित फोहोर नउठ्दा काठमाडौंका मुख्य सडकमा फोहोर थुप्रिन थालेको छ । तर, शुक्रबारदेखि प्रहरीको सुरक्षामा फोहोर बोकेका गाडी ल्याण्डफिल्ड साइट पुग्न थालेपछि सडकमा थुप्रिएका फोहोर केही दिनमै उठाइसक्ने महानगरपालिकाले जनाएको छ ।