२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


साइबर सुरक्षामा गम्भिर भएर काम गर्न प्रधानमन्त्री दाहालको निर्देशन


533
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले साइबर सुरक्षामा गम्भिर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

शुक्रबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रमुखहरुसहितको बैठक बोलाई सो सम्बन्धमा गम्भिर भएर काम गर्न निर्देशन दिनुभएको हो ।

साइबर सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौति निम्तिन सक्ने भएकाले सरोकारवाल निकायले यसलाई सिरियस भएर प्राथमिकतासाथ काम गर्नुपर्ने कुरामा प्रधानमन्त्री दाहालले निर्देशित गर्नुभएको राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री दाहाल समक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीले साइबर सुरक्षाबारे नेपालमा भईरहेको कामकारबाहीबारे बिफ्रिङ गरेका थिए ।

बैठकमा साइबर सुरक्षाको क्षेत्रलाई बलियो बनाउने गरी कानूनी, नीतिगत र संस्थागत प्रबन्ध गर्न एउटा छुट्टै कार्ययोजना बनाएर लागू गर्ने निर्णय पनि गरिएको थियो । बैठकमा प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सरोकारवाला मन्त्रालयका मन्त्री र साईबर सुरक्षाको क्षेत्रमा कार्यरत सुरक्षा निकायका प्रमुख तथा विभागका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।