म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ स्थित रुप्से झरनामा बेलिब्रिज जोडिएपछि शुक्रबारदेखि सडक नियमित सञ्चालनमा आएको छ ।
४८ मिटर लामो बेलिब्रिज शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
तीन वर्षअघि २०७७ साल साउनमा रुप्से झरनामा आएको बाढीले अस्थायी पुल र निर्माणाधीन पक्की पुल एकसाथ बगाएको थियो । बेलिब्रिज जडानको काम तीन महिनामा सम्पन्न भएको हो ।
पुल संरक्षणका लागि वारिपारी आवश्यक संरचना निर्माण गरिएकाले रुप्सेमा बाढी आएपनि पुल सुरक्षित हुने आयोजना प्रमुख जगत् प्रजापतीको दाबी छ ।
बेलिब्रिज जडान गर्न तीन करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्