
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो झण्डा र लोगो फेरेको छ ।
भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनका सहभागि प्रतिनिधिहरुको झण्डा फेर्नुपर्ने माग गरेका थिए ।
सोही मागबमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झण्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।
विधान अधिवेशनमा १० वटा समुह बनाई विधानमा दफावार छलफल गरिएको थियो जसमध्ये लगभग सबैजसो समुहले पार्टीको झण्डा फेर्नुपर्ने माग राखेका थिए ।
यस अघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङ्गको पृष्ठभमिमा सेतो ताराको सट्टामा अहिले रातो पृष्ठभमिमा सेतो तारा राखिएको छ ।
त्यस्तै, यस अघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । जसअनसार पहिलेको लोगोमा मुठी सहितको हात राखेर लोगो बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्