१६ फाल्गुन २०८०, बुधबार | Thu Feb 29 2024


बलात्कार तथा हिंसाका घटनाको विरोधमा भैरहवामा प्रदर्शन


0
Shares

भैरहवा, भदौ २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले बलात्कार तथा हिंसाका घटना बढ्दै गइरहेको विरोधमा शुक्रबार भैरहवामा प्रदर्शन गरेको छ ।

विरोधर्‍यालीसहितको प्रदर्शनमा प्रदर्शनकारीले नगर क्षेत्रमा परिक्रमा गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

देशमा बढ्दै गइरहेको बलात्कार, छाउपडी, दाइजो घटनालगायतका महिला हिंसाको विषयमा उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

राप्रपा प्रजातान्त्रिककी जिल्ला अध्यक्ष पद्मा थापाले महिला हिंसाको घटनामा दुईतिहाइको सरकारले अपराधीलाई संरक्षण प्रदान गरेर अपराध बढाउनमा लागेको आरोप लगाइन् ।