Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


कांग्रेस केन्द्रीय समिति बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने


52
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार पनि बस्दैछ ।

केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ । बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्नेछन् ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्न सुरू गरेका हुन् ।

बुधबारको बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्ने क्रममा कांग्रेसले वडादेखि केन्द्रसम्म संरचना बनाएपनि नेतृत्वमा केन्द्रिकृत मानसिकता हट्न नसकेको अधिकांशले बताएका छन् ।

त्यसैगरी केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूले विभिन्न धारणा राख्दै पार्टी नेतृत्वलाई सुझावहरू दिएका छन् । अधिकांशले पार्टी संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।