३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


एसीसी इमर्जिङ टिम्स कप : नेपाललाई यूएईले दियो १५८ रनको लक्ष्य


169
Shares

काठमाडाैं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले युएईसामू १ सय ५८ रनको लक्ष्य दिएको छ ।

कोलम्बोस्थित पि सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभरमा अलआउट हुँदै १ सय ५७ रन बनाएको हो ।

युएईका लभप्रित सिंहले सर्वाधिक ५२ रनको अर्धशतकीय ईनिङ खेले । यस्तै, इथान डी सोजाले १८ तथा अस्वस्था भलथापाले १६ रन बनाए । नेपालका कुशल भुर्तेलले ६ विकेट लिए ।

राष्ट्रिय टिमबाट भुर्तेलले एकै ईनिङमा लिएको यो सर्वाधिक विकेट हो । यस्तै, श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले एक–एक विकेट लिए । समूह बी मा रहेका नेपाल र युएई ए समूह चरणबाट बाहिरी सकेका छन् । बुधबारको खेल दुबै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।