Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


विभिन्न मुलुकका लागि प्रस्तावित राजदुतहरुको संसदीय सुनवाई प्रक्रिया सुरू


117
Shares

काठमाडौं । सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुक तथा नियोगका ६ जना राजदुतहरुको संसदीय सुनवाई प्रक्रिया सुरु भएको छ ।

बुधबार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकारद्वारा सिफारिस अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदुत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरव इमिरेट्सका लागि राजदुतमा सिफारिस तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदुत घनश्याम लम्साल, थाईल्याण्डका लागि प्रस्तावित राजदुत धनबहादुर ओली र फ्रान्सका लागि प्रस्तावित राजदुत सुधीर भट्टाराईको सुनुवाई गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय गरेको हो ।

सरकारले सिफारिस गरेका राजदुत तथा विभिन्न नियोगहरुका प्रतिनिधिहरुको सुनुवाईका लागि प्रष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिनका लागि १० दिने सूचना जारी गर्ने प्रस्ताव बैठकले पारित गरेको समितिका सचिव एकराम गिरीले जानकारी दिनुभयो ।

उहाँले समितिको निर्णय अनुसार आजको मितिबाटनै लागू हुने गरी समितिले सो उजुरी आह्वान गर्दै सरकारी सञ्चार माध्यामबाट सूचना प्रकाशित गर्ने समेत बताउनुभयो ।

मन्त्रीपरिषदले सिफारिस गरेका राजदुतहरु संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।