३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


इमर्जीङ टिम्स कपमा नेपाल र युएई भिड्दै


429
Shares

काठमाडौं । एसिसि इमर्जीङ टिम्स कप क्रिकेटमा बुधबार नेपालले युएई ‘ए’ सँग खेल्दैछ ।

श्रीलंकाको कोलम्बोस्थित ‘पि सारा ओभल’ क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा १० बजे यो खेल सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल र युएईको लागि यो तेस्रो तथा अन्तिम खेल हो । दुबै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन् । समुहका दुई बलिया टिमहरु भारत र पाकिस्तानसँग पराजित नेपाल र युएइबिचको बुधबारको खेल प्रतिष्ठाको लडाई मात्रै हुनेछ ।

यो समुहबाट सेमिफाइनलमा पुगिसकेका भारत ‘ए’ र पाकिस्तान ‘ए’ बिच बुधबार हुने खेलले समुह विजेताको टुंगो लगाउनेछ ।