५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीबीच भेटवार्ता


65
Shares

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका विदेश मन्त्रीहरुबीचको छलफलका क्रममा थाइल्याण्डको बैंककमा साउद र जयशंकरबीच साइडलाइन भेटवार्ता भएको हो ।

भारतीय विदेशमन्त्री जयशंकरले फेसबुकमा फोटो पोस्ट गर्दै नेपालका परराष्ट्रमन्त्रीसँग भेट भएको जानकारी दिनुभएको छ । दुई मन्त्रीहरुबीच आ-आफ्नो नेतृत्वले तय गरेको एजेण्डा कार्यान्वयनमा सहकार्य गर्ने सहमति भएको जयशंकरले उल्लेख गर्नुभएको छ ।

सोमबार बिम्स्टेक सदस्य मुलुकका विदेशमन्त्रीहरुबीच आपसी सहयोगलाई सुदृढ पार्ने उपायहरूबारे छलफल भएको छ । छलफलका क्रममा ऊर्जा सहयोग,प्रसारण लाइन विस्तार,जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा, तथा प्रविधिसहितका क्षेत्रहरूमा कुरा भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिनुभएको छ ।