
काठमाडौं, भदौ २२ । भारत भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र भारतका गृहमन्त्री राजनाथ सिंहबीच नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको छ ।
शुक्रबार अपराह्न भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
उनले सीमा क्षेत्रमा प्रवासी नेपालीमाथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा गृहमन्त्री सिंहको ध्यानाकर्षण पनि गराए ।
भारतीय गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीलाई तत्कालै खबर गरी त्यस्तो घटना हुन नदिने विश्वास दिलाएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्