Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


डडेल्धुरामा रोपाइँ संस्कृतिको जगेर्ना


962
Shares

डडेल्धुरा । डडेल्धुरामा रोपाइँ संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले रोपाइँ खेतममा ढुस्को र रुईन खेल खेलिएको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका– ५ सेलागाउँका युवाले रोपाइँ खेतमा पुर्खाहरुले गर्दै आएको ढुस्को र रुईन खेल खेल्न लगाएका छन् ।

रोपाइँ लगायत अन्य कृषि कार्यका लागि गोरु पाल्ने चलन हटेर आधुनिक प्रविधि र यान्त्रिकरणमा परिवर्तित हुँदै गएपनि सामाजिक र साँस्कृतिक रुपले महत्व राखेको खेल खेल्ने प्रचलन पनि लोप हुँदै गएको भन्दै भावी पुस्तालाई आकर्षित गर्न खेल खेल्दै रोपाइँ गरिएको कृषक बताउँछन् ।

खेतमा राम्रोसँग धान फलोस, दैवी विपत्ती नआओस भनेर पुरुषले स्थानीय बाजा बजाउँदै विभिन्न देवी देवताका गाथामा आधारित ढुस्को धुमारी खेल्छन् भने महिलाले पनि सामूहिक रुपमा सगुन फाग गाएर धान रोप्ने परम्परा रहेको छ ।