Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


एनभीए भलिबल लिगको फाइनल खेल आज


2k
Shares

काठमाडौं । राजधानीमा जारी सातौँ प्रधानमन्त्री कप एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल लिगको फाइनल खेल शनिबार हुँदैछ ।

उपाधिका लागि पुरुषतर्फ शनिबार दिउँसो ३ बजे विभागीय टोली नेपाल पुलिस क्लब र हेल्प नेपाल भिड्दै छन् । यस्तै, महिलातर्फ उपाधिको लागि दुई विभागिय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।

शुक्रबार भएको खेलमा महिलातर्फ न्यु डायमण्ड स्पोर्ट्स एकेडेमी नेपाल पुलिससँग पराजित भएपछि एपीएफ फाइनलमा पुगेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा यसअघि नै फाइनलमा पुगिसकेको पुलिसले न्यु डायमण्डलाई सोझो सेटमा हरायो । पुलिस ५ खेलमा १५ अंकका साथ शीर्ष स्थानमा रह्यो । नेपाल एपीएफ क्लब ५ खेलमा ४ मा जित र १ मा हारसहित ११ अंकका साथ दोस्रो स्थानमा रहन सफल भयो ।

यस्तै,पुरुषतर्फ शुक्रबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै हेल्प नेपाल फाइनलमा पुगेको हो । हेल्प नेपाल ६ खेलमा अपराजित रहँदै १६ अंकका साथ शीर्ष स्थानमा रह्यो । पुलिस ६ खेलमा ५ मा जित र १ मा हारकासाथ १५ अंकसहित दोस्रो स्थानमा रह्यो ।

प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको थियो ।