
एजेन्सी । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले खेलकुदमा राजनीतिक हस्तक्षप स्वीकार्य नहुने बताएको छ ।
बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै आइओसीले कुनैपनि खेलकुद प्रतियोगितामा कुन देशका खेलाडीहरूले भाग लिन सक्छन् वा सक्दैनन् भन्ने निर्णय गर्ने अधिकार आफुहरुलाई मात्रै भएको प्रष्ट पारेको छ ।
खेलकुदमा सहभागिताको विषयमा सरकार प्रमुखहरुले निर्णय गर्दा अन्तर्राष्ट्रिय खेलको अन्त्य हुने आइओसीको चेतावनी छ । रुस र युक्रेनबीचको युद्धले ठूला खेलकुद प्रतियोगिताहर प्रभावित हुन थालेको बेलामा आइओसीले कढा प्रतिक्रिया जनाएको हो ।
अर्को वर्ष हसने पेरिस ओलम्पिकमा रुस, बेलारुस र युक्रेनका खेलाडीहरुको सहभागितालाई लिएर आइओसी चिन्तित छ । उसले रुस र बेलारुसका खेलाडीहरुले देशको रुपमा नभएर तटस्थ खलाडीहरुको रुपमा ओलम्पिकमा सहभागिता जनाउन सक्ने बताईरहेको छ ।
तर, पश्चिमा देशहरुले भने युक्रेनमाथि आक्रमण गरिरहेको रुस र उसलाई सहयोग र समर्थन गर्ने बेलारुसलाई प्रतियोगितामा पूर्णरुपले प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्