काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्रीपसाद पाण्डेले युवाहरुलाई स्वदेशमै राख्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजि गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद पाण्डेले खेलकुद मन्त्रालयको बजेट घटेर आएको तर युवाहरुलाई सिर्जन्शील बनाउने कुरा देशमा डरलाग्दो स्थिति रहेको बताउनुभयो । उहाँले आर्थिक उपार्जन गर्न खेलकुद क्षेत्र महत्वपूर्ण हुने भन्दै यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।
सांसद पाण्डेले खेलकुद र युवा क्षेत्रमा निजी र सहकारी लगायतका अन्य क्षेत्रहरुले पनि युवा उद्यमशीलताको क्षेत्रमा र खेलकुद क्षेत्रलाई माथि उठाउन कुनै साझेदारीको कार्यक्रम गर्न जरुरी रहेको बताउनुभयो । १६५ निर्वाचन क्षेत्रमध्ये कम्तिमा एउटा कार्यक्रम युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत लगाउन नयाँ विकल्प सोच्नुपर्ने बताउनु भयो ।
सांसद पाण्डेले खेलकुद क्षेत्रमा चलखेल हुँदा खेलाडीहरु बद्नाम हुनुपरेको बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्