१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा छ : शिक्षामन्त्री राई


169
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा रहेको बताउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री राईले विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा रहेको बताउनुभएको हो । उहाँले सो विधेयक अर्थ मन्त्रालयबाट शिक्षा मन्त्रालयमा आएपछि अगाडि बढ्ने बताउनुभयो ।

मन्त्री राईले सोही विधेयकमा एकीकृत सेवा आयोगसम्बन्धी व्यवस्थालाई समाहित गरिने गरिने बताउनुभयो । उहाँले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको रुपमा अगाडि बढाउने सरकारको अठोट रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री राईले ४० हजार राहत शिक्षकहरुको शिक्षण पेशाको स्थायित्वको सम्बन्धमा प्रश्तावित विद्यालय शिक्षा ऐनमा उल्लेख गरिएको बताउनुभयो ।