 
	    काठमाडौं । स्वास्थ्य तथा जनसख्या मन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेट माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले दरबन्दी बाहिर जिल्लामा हुने तर, स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्न जोखिम रहेको बताउनुभयो ।
मन्त्री बस्नेतले आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको बताउनुभयो । उहाँले दरबन्दी अनुसारको डाक्टरहरु व्यवस्थापन गर्ने काम पारलगाएरै छोड्ने बताउनुभयो। उहाँले स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरेर नै छाड्ने प्रतिवद्धता जनाउनुभयो ।
स्वास्थ्यमन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभुत स्वास्थ्य सेवा ग्रामिण स्तरसम्म स्वास्थ्यकर्मीहरुको पहुँच नभएको स्थानमा डाक्टरहरुको पहुँच पुर्याएर नै छोड्ने बताउनुभयो। उहाँले ८ सय डाक्टरहरु मन्त्रीहरुको पालामा काजमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने बताउनुभयो । उहाँले ८ सय डाक्टरको दरबन्दी अनुसारको क्षेत्रमा पठाउन सकिन भने स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था नभएको बताउनुभयो ।
मन्त्री बस्नेतले सबै डाक्टरहरुलाई राजधानी मात्रै चाहिएको अवस्था रहेको बताउनुभयो । उहाँले दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा आत्महत्या गर्नेसम्म विषयहरु आएको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्